६ महिनाकी कोरोना संक्रमित बालिकाकाे ज्यान जोगाइदिन अपिल

बिएल संवाददाता

काठमाडाै‌ं

बेलायतको एक अस्पतालमा ६ महिनाकी कोरोना संक्रमित बालिका उपचार्थ छिन्। पहिलेदेखि नै मुटुको समस्यासँग लडिरहेकी उनी अहिले कोरोनासँग लडिरहेकी छन्। 

डेलीमेलका अनुसार एरिन बेट्स नामकी बालिकालाई पहिले मुटुको समस्या थियो।  बेलायतको म्यानचेस्टरकी बालिकाको सन् २०१९ को डिसेम्बरमा ओपन हार्ट सजरी गरिएको थियो। 

शुक्रबार बालिकामा कोरोना संक्रमण भएको पुष्टि भयो। उनलाई लिभरपुलको एक बालबालिकाको अस्पतालको भेन्टिलेटरमा राखिएको छ। कोरोनाका कारण उनकी आमा एम्मा बेट्सलाई अस्पतालमा बस्ने अनुमति दिइएको छ। बाबु बेनी बेट्स भने घर फर्किनु परेको छ।

छोटो उमेरमै मुटुको सफल शल्यक्रिया भएकाले चिकित्सकले उनलाई ‘मिराकल बेबी’ भनेर बोलाउने गर्छन्। एरिनलाई संक्रमण भएपछि उनका आमाबाबुले कोरोनाबाट आफ्ना छाेरीलाई जोगाउन अपिल गरेका छन्।

बालिका अभिभावकको अनुमतिमा सञ्चारमाध्यमले उनका तस्बिर सार्वजनिक गरेका छन्। अहिले उक्त तस्बिर संसारभर भाइरल बनेका छन्।

प्रकाशित मिति: : 2020-04-14 07:56:40

प्रतिकृया दिनुहोस्