एजेन्सी
विश्व चर्चित फुटबल खेलाडी नेमारकी आमा नादिया गोन्काल्भेस यति बेला निकै चर्चामा छिन्। उनी आफ्नो छोराका कारण होइन, आफ्नै कारण चर्चाको शिखरमा छिन्।
५२ वर्षीय नादिया आफ्नो छोराभन्दा ६ वर्ष कान्छो केटासँग ‘डेटिङ’ मा भएका कारण चर्चामा आएकी हुन्।
उनको नयाँ प्रेमीको उमेर २२ वर्ष छ भने उनी कम्प्युटर गेमका फ्यान हुन्। नेमारकी आमासँग ‘डेटिङ’ गरिरहेका युवाको नाम तियागो रामोस हो। नादियाले भर्खरै आफ्नो इन्स्टाग्राममा समेत रामोससँगको सम्बन्धको खुलासा गरेकी थिइन। उनले सोसल साइटमा दुबैको ‘डेटिङ’ को फोटो पोस्ट गरेकी थिइन।
उनले फोटोको क्याप्सनमा लेखेकी छिन्, ‘व्याख्या गर्न नसक्ने कुराको कसरी ब्याख्या गर्नु। तपाईले मन पराउनु भयो..।’ उनले ‘लभ’ को साइन पनि देखाएकी छिन्।
नादियाले नेमारको बुवा तथा एजेन्ट वाग्नर रिबेइरोसँग २५ वर्ष लामो वैवाहिक बन्धन २०१६ सालमा तोडेकी थिइन। ३० वर्षको अन्तर भएको आफ्नो आमाको प्रेम सम्बन्धलाई नेमारले पनि स्विकृति दिएका छन्। उनले आमाको फोटोमा पोस्ट गरेका छन्, ‘सधै खुसी रहनु आमा। तिमीलाई माया गर्ने।’
नेमार आमा र बहिनीसँग सबैभन्दा बढी नजिक छन्। यो फोटोमा पूर्व श्रीमान रिबेइरोले पनि इमोजी पठाएर शुभकामना दिएका छन्।
कोरोनाका कारण फ्रान्सबाट ‘लकडाउन’ छल्न आएका नेमारले केही समयअघि आमाको प्रेमीलाई पनि भेटेका थिए।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया