बिएल संवाददाता
प्रधानमन्त्री केपी ओलीले कोरोना महामारी फैलिएपछि धेरै नेपालीले काम गर्ने देशका नेताहरुसँग टेलिफोनमा कुराकानी गर्न सुरु गरेका छन् । उनले बुधबार खाडी क्षेत्रको कुवेत र ओमानका नेताहरुसँग कुराकानी गरेका हुन् ।
प्रधानमन्त्री ओलीले बुधबार दिउँसो कुवेतका प्रधानमन्त्री सबाह अलखालिद अलसबाहसँग र साँझ ओमानका उप्रधानमन्त्रीसमेत रहेका त्यहाँका राजकुमार (हिज हाइनेस) शैयद फहाद वीन महमुद अल सइदसँग टेलिफोनवार्ता गरेको ट्वीटमार्फत् जानकारी दिए ।
उपप्रधानमन्त्री समेत रहेका सइदसँग कोरोना भाइरस विश्वव्यापी महामारीको रुपमा फैलिएको अवस्थामा ओमानमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिन आफूले कुराकानी गरेको जनाएका छन् ।
प्रधानमन्त्री ओलीले सइदसँग कुराकानी गरेको जानकारी ट्वीटरमार्फत् दिँदै भनेका छन्, ‘ठूलो संख्यामा नेपाली कार्यरत खाडी क्षेत्रका नेतासँग संवाद गर्ने क्रममा आज साँझ मेरो ओमान सरकारका हिज हाइनेस शैयद फहाद वीन महमूद अल सइदसँग कुराकानी भयो । त्यहाँ कार्यरत नेपालीहरूलाई ओमानको सुरक्षा र सहयोग रही रहनेमा उहाँले मलाई निश्चिन्त पार्नुभएको छ। नेपालीहरुले इमान्दार र परिश्रमीको रुपमा ओमानको विश्वास जितेको जानकारी पाउँदा मलाई खुशी लागेको छ।’
कुवेतका प्रधानमन्त्रीसँग भएको टेलिफोन संवादमा बारे अर्को ट्वीटमा लेखे, ‘मैले त्यहाँ कार्यरत नेपालीहरुको सुरक्षा र कल्याणको बारेमा आफ्नो चासो राखें। कुवेतका प्रधानमन्त्रीले नेपालीहरुलाई कुनै पनि अप्ठ्यारो पर्न नदिने र उनीहरुको उपचारमा खुल्ला दिलले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।’
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया