विश्वभर १० लाख भन्दा बढी काेराेना संक्रमित, ५३ हजार भन्दा बढीको मृत्यु

बिएल संवाददाता

काठमाडाै‌ं

 कोरोना भाइरसको संक्रमण विश्वका १० लाख भन्दा बढी मानिसमा पुष्टि भएको छ।

सुरुमा चीनको हुबेइ प्रान्तबाट सुरु भएको कोरोनाको संक्रमण युरोप तथा अमेरिका इपिसेन्टर बनेको छ।

गएको डिसेम्बरमा पहिलोपटक पहिचान भएको कोरोनाको संक्रमण साढे तीन महिनाभित्र विश्वभर १० लाख भन्दा बढी मानिसमा पुष्टि भएको हो। अहिलेसम्म विश्वभर १० लाख १४ हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ। अहिलेसम्म विश्वभर ५३ हजार १५८ जनाको विश्वभर कोरोना भाइरसका कारण भएको कोरोना कारण मृत्यु भएका छन्। अहिलेसम्म दुई लाख १२ हजार ०१८ जनामा भने संक्रमण निको भएको छ।

पछिल्लो २४ घण्टामा अमेरिकामा ९६० जनाको मृत्यु भएसँगै कुल मृत्यु हुनेको संख्या ६ हजार ६२ पुगेको छ। संक्रमितको संख्या अमेरिकामा दुई लाख ४४ हजार ३२० पुगेको छ, यसमा पछिल्लो २४ घण्टामा २९ हजार ३१७ जना थपिएका हुन्।

यस्तै स्पेनमा मृत्यु हुनेको संख्या ९६१ ले थपिएर १० हजार नाघेको छ। स्पेनमा कुल मृत्यु हुनेको संख्या १० हजार ३४८ पुगेको छ। स्पेनमा कुल संक्रमित हुनेको संख्या एक लाख १२ हजार ६५ रहेको छ, यसमा पछिल्लो २४ घघण्टामा सात हजार ९४७ संक्रमित थपिएका हुन्।

इटालीमा नयाँ संक्रमितको संख्या केही कम भएको छ। पछिल्लो २४ घण्टामा चार हजार ६६८ संक्रमित थपिएपछि इटालीमा कुल संक्रमितको संख्या एक लाख १५ हजार २४२ पुगेको छ। थप ७६० जनाको मृत्यु भएपछि इटालीमा कुल ज्यान गुमाउनेको संख्या १३ हजार ९१५ पुगको छ।

चीनमा पछिल्लो २४ घण्टामा ३५ जना संक्रमित भएका छन् र थप ६ जनाको मृत्यु भएको छ। केही दिनदेखि संक्रमित नदेखिएको चीनमा अहिलेसम्म कुल संक्रमितको संख्या ८१ हजार ५८९ तथा मृत्यु हुनेको संख्या ३३ सय १८ रहेको छ।

जर्मनीमा कुल संक्रमित ८४ हजार ७९४ तथा मृत्यु हुनेको संख्या ११ सय सात पुगेको छ। यसैगरी फ्रान्समा संक्रमित ५९ हजार १०५, मृत्यु हुने पााच हजार ३८७ पुगेका छन्। यस्तै इरानमा संक्रमितको संख्या ५० हजार ४६८ तथा मृत्यु हुनेको संख्या ३१ सय ६० र बेलायतमा संक्रमितको संख्या ३३ हजार ७१८ तथा मृत्यु हुनेको संख्या २९ सय २१ पुगेको छ।

प्रकाशित मिति: : 2020-04-03 06:50:57

प्रतिकृया दिनुहोस्