रासस
पोखरा र आसपासमा बुधवार दिउँसो परेको असिना पानीले तरकारी र फलफूल बालीमा क्षति पु¥याएको छ।
दिउँसो एक बजेदेखि लगभग आधा घण्टासम्म हावा हुरी सहित परेको असिना पानीले यहाँको लेखनाथको केही स्थान सहित तरकारीको पकेट क्षेत्र मालेपाटन, मासवास तथा घारीपाटन, रातोपैह्रा विरौटा, भरतपोखरी, निर्मलपोखरी लगायतका स्थानमा लगाइएको तरकारी बालीमा ठूलो पु¥याएको हो।
असिना र पानीले बारीमा लगाइएका घिरौला, काक्रा, बोडी, फर्सी, लौका,लगायतका लहरे तरकारी बालीका विरुवा तथा सुन्तला, कागती, मेवा, नासपति, लिचि जस्ता फलफूलका बोटमा भर्खरै लागेका फूल झारेर क्षति पु¥याएको स्थानीय कृषकले दुखेसो गरेका छन्।
पोखरा ७ घारीपाटनका ऋषिकेश आचार्यले असिना पानीले हिउँदेबाली नष्ट गरेको जानकारी दिए। उनका अनुसार जस्ताका छानामा असिनाको थुप्रो लागेपछि घर भित्र बस्न समेत जोखिम हुनुका साथै पानीको आहाल बनेसंगै सावेलको सहायताले असिना पन्छाइएको थियो। पोखरा १७ रातोपैह्राकी कृष्णमाया रानामगरले भन्नुभयो २२ बर्षको बसाईमा यति ठूलो असिना परेको पहिलो पटक हो।
त्यस्तै असिना पानीले तनहुँको दुलेगौडा, ढोरफिर्दी लगायतका स्थानमा पनि ठूलै क्षति पुगेको स्थानीयबासी उमादेवी भट्टराईले जानकारी दिए। भरखरै फुलेका सुन्तला, कागती, नासपति, लगायतका बोटका फुलहरु झार्नुका साथै उम्रदै गरेका घिरौला, काक्रा लगाएतका लहरे वालीमा पनि असिनाले ठूलो क्षति पु¥याएको उनले जानकारी दिए।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया