रासस
कोरोना भाइरस संक्रमणलाई ध्यानमा राखी नेपाल सरकारले दुई साता लामो लकडाउन गर्दा उपभोक्तालाई समस्या भएकाले सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङले खाद्यान्नको बिक्री वितरण गरेको छ।
कर्पाेरेशनले आज मोबाइल भ्यानमार्फत नुन, चिनी, मैदा, दाल तथा गेडागुडी बिक्री गरिएको जनाएको छ। उपभोक्ताको मागअनुसार भ्यान पठाएर खाद्यान्न बिक्री गरिँदैआएकामा आज काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न वडामा गएर बिक्री गरिएको साल्ट ट्रेडिङका सूचना अधिकृत कुमारराज भण्डारीले जानकारी दिए।
उनका अनुसार आजका लागि तीन स्थानमा विभिन्न मार्ग बनाएर खाद्यान्न बिक्री गरिएको थियो। सोअनुसार सामाखुसी, टोखा, ग्वङ्गबँु, गौरीगाउँ र जाल्पाचोक क्षेत्रमा रु एक लाख पाँच हजारको खाद्यान्न बिक्री गरिएको छ। त्यस्तै बालाजु, नयाँबजार, खुसीबँु र चक्रपथ क्षेत्रमा रु ८६ हजार र कुपण्डोल, हनुमानस्थान, सानेपा, पाटनलगायत क्षेत्रमा रु ८० हजार बराबरको खाद्यान्न बिक्री गरिएको छ।
त्यस्तै कालीमाटी काउण्टरबाट आज मात्र रु ९५ हजार ६ सयभन्दा बढी खाद्यान्न बिक्री गरिएको उनले जानकारी दिए। तीन मोबाइल भ्यान र कार्यालयबाट गरी आज मात्र रु तीन लाख ६६ हजार सात सयभन्दा बढीको कारोवार भएको छ।
घुम्ती सेवाबाहेक साल्ट ट्रेडिङले कालीमाटी, सतुङ्गल र कोटेश्वर गरी तीन स्थानबाट आउटलेट राखी खाद्यान्न र ग्यासको बिक्री गर्दै आएको छ। हाल लकडाउनका समयमा हुने चर्को मूल्यवृद्धि र खाद्यान्नबाट उपभोक्तालाई केही राहत दिन मोबाइल भ्यानबाट घुम्ती सेवा दिइहेको सूचना अधिकृत भण्डारीले बताए।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया