शनिबार, १२ जुलाई २०२५

अमेरिकन आइडल: दिवेशको गीत सुनेर रसाए जजका आँखा (भिडियाे)

बिएल संवाददाता

बिएल संवाददाता

<iframe width="824" height="464" src="https://www.youtube.com/embed/drQlHxI6pUM" frameborder="0" allow="accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen></iframe>
2020-03-25 03:07:09
News Image
• • •

अमेरिकन आइडलमा नेपाली मुलकका प्रतियोगी दिवेश पोखरेललाई निर्णायकहरूले उठेर सम्मान गरेका छन्। दिवेशले ‘अर्थर गन’ को उपनामबाट गाउँदै आएका छन् । 

आइडलको यो एपिसोडमा दिवेशले ब्याण्डसँग गीत गाउने तयारी थियो। उनले गरेको संगित एरेन्जमेन्ट ब्याण्डले समय अभावका कारण तयार गर्न सकेन।

त्यसैले उनले एउटा गितार लिएर स्टेजमा  क्रिडेन्स क्रियरवाटर रिभाइभल ब्याण्डको ‘ह्याभ यु इभर सिन द रेन’ गाए।

उनको गीत सुनेर तिनै निणायकले स्ट्यान्डिङ अभिएसन दिए। निर्णायकमध्ये लियोनेल रिचीले आँशु पुछ्दै भने ‘यसले मलाई भावुक बनायो।’

२१ वर्षका दिवेश काठमाडौंमा जन्मिएका हुन। दिवेश हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा बसोबास गर्दै आइरहेका छन् । उनी ५ वर्षअघि नेपालबाट अमेरिका गएका हुन् । 

अमेरिकन आइडलमा उनको अडिसन र यसअघिको एपिसोडमा गाएको गीत युट्युबमा हिट भइरहेको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?