बुधबार, १७ डिसेम्बर २०२५

सरकारी कर्मचारीले छुट्टी नपाउने मन्त्रिपरिषदको निर्णय

News Image
• • •

विश्वव्यापी रूपमा फैलिएको कोरोनाको जोखिम नेपालमा पनि बढ्दै गइरहेका बेला सरकारी कर्मचारीले बिदा नपाउने भएका छन्।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले सरकारी तथा सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीले विदा नलिई नियमित काम गर्नुपर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषदका निर्णयको जानकारी दिँदै सरकारका प्रवक्तासमेत रहेका सूचना प्रविधि एवं अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारी कर्मचारीहरु नियमित काममा खटिने बताए ।

मन्त्री खतिवडाले केही अन्यौल भए पनि सरकारी कर्मचारीले नियमित काम गर्नुपर्ने स्पष्ट पारेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!