एजेन्सी
३८ यात्रु सवार अस्ट्रेलियाको एउटा क्रुज जहाजमा कोरोनाभाइरस भेटिएको छ। कोरोना भाइरस भेटिएसँगै सिड्नीमा ओर्लिएका २,७०० यात्रुलाई छुट्टै बस्न आपत्कालीन चेतावनी जारी गरिएको बिबिसीले जनाएको छ।
न्यू साउथ वेल्स प्रान्तका स्वास्थ्यमन्त्री ब्राड हजार्डले रुबी प्रिन्स नामको जहाजका १३ यात्रुको परीक्षण गरिएकोमा तीन जनामा कोरोनाभाइरस देखिएको पुष्टि गरेका हुन्।
बिहीबार सिड्नीमा रोकिएको उक्त जहाजमा चालकदलका १ हजार भन्दा धेरै मानिससहित कूल ३,८०० जना चढेको बताइएको छ।
सो जहाज सिड्नीमा फर्कनु अगाडि न्यूजील्यान्ड पुगेको थियो।
अस्ट्रेलियाका अधिकारीका अनुसार सिड्नीको सर्कुलर कीमा झरेका यात्रुहरूसँग सम्पर्क गर्न प्रयास गरिरहेका छन्।
‘हाम्रो ठूलो चिन्ता, वास्तवमा निकै ठूलो चिन्ता भनेको सो जहाजमा कोभिड-१९ भएको जानकारी नभई झरेका यात्रुहरू हुन्,’ हजार्डले बिबिसीलाई भनेका छन्।
उनले दुई यात्रु र एक चालकदलका सदस्यमा कोरोनाभाइरस देखिएको बताए। कोरोनाभाइरस भएको शङ्का लागेका एक व्यक्ति तास्मानिया फर्किसकेको बताइएको छ।
पानीजहाज आउनु अगाडि नै अस्ट्रेलियाका विदेशबाट फर्कने सबैलाई १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागू भइसकेको थियो।
यसैबीच अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले घरभित्र पनि सबैजनाले प्रतिव्यक्ति चार वर्गमिटरको स्थान राख्नुपर्ने बताएका छन्।
अस्ट्रेलियामा १०० जनाभन्दा बढी जम्मा हुने अत्यावश्यकका बाहेक सबै भेलामा प्रतिबन्ध लगाएको समाचारमा उल्लेख छ।
यो नयाँ नियमले भने भोजनालय र अन्य व्यापारलाई असर पार्ने मानिएको छ।
अस्ट्रेलियामा ७०० सयभन्दा बढी कोरोनाभाइरस सङ्क्रमितहरू छन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया