बिएल संवाददाता
कोरोना भाइरसको प्रकोप बढ्न थालेपछि सावधानी अपनाउन बौद्धस्थित पाँचतारे होटल ह्यात रिजेन्सी बन्द गरिएको छ।
होटल व्यवस्थापनले आगामी ६ साताका लागि बन्द गर्ने निर्णय गरेको हो। छ सातापछि पनि अवस्था हेरेर मात्र आवश्यक निर्णय गर्ने व्यवस्थापनले जनाएको छ।
‘कोरोना प्रकोपले होटल अकुपेन्सी छैन,’ एक जना सञ्चालक डीजे श्रेष्ठले भने, ‘सञ्चालन खर्च पनि उच्च छ। त्यही भएर ६ सातालाई बन्द गर्ने भएका हौं।’
राजधानीकै ताहाचलस्थित अर्को पाँचतारे होटल सोल्टीले दुई वटा विङ्मध्ये एउटा बन्द गरिसकेको छ। काठमाडौंको बत्तीसपुतलीस्थित होटल द्वारिकाजले पनि आफ्नो सेवा बन्द गरिसकेको जनाएको छ।
दरबारमार्गस्थित होटेल याक एण्ड यती, डेल अन्नपूर्ण, लाजिम्पाटस्थित र्याडिसनलगायत अन्य पाँचतारे होटलले पनि व्यवसाय बन्द गर्ने तयारी गरिरहेका छन्।
सरकारले बुधबार मात्र २५ जनाभन्दा बढी भेला नहुन भनेको छ। संसारभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण पर्यटक आगमन ठप्प छ।
सरकारले पनि पर्यटक भिसा दिन बन्द गरिसकेको छ। कोरोना भाइरस नियन्त्रणका लागि सरकारले भिडभाड हुने ठाउँमा नजान, मन्दिर लगायत धार्मिक स्थलमा समेत २५ जनाभन्दा बढी भेला नहुन सर्वसाधारणलाई अपील गरेको छ।
उता, मनकामना केबुलकारले पनि सेवा बन्द गरेको छ। मेरियट ग्लोबलले नेपालको मेरियटलाई बन्द गर्न सुझाब दिइसकेको छ। ‘बन्द गर भनिसकेको तर होटल भनेको इमरजेन्सीमा पनि चाहिन्छ भनेर खोलिरहेका हौं’, सञ्चालक शशिकान्त अग्रवालले भने, ‘भोलि डब्लुएचओकै मान्छे आए भने बस्ने ठाउँ हुँदैन भनेर खोलेका हौँ।’
चन्द्रागिरि केवालकार पनि बन्द गर्ने तयारी भइरहेको छ। औपचारिक निर्णय भने भइसकेको छैन। ठमेलका होटलहरु पनि क्रमिक रुपमा बन्द गर्ने भइएको छ। साथै झम्सिखेलाका होटल पनि बन्द गर्न थालिएका छन्।
सरकारले शुक्रबारबाट सिनेमा हल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्विमिङ्ग पुल, मनोरञ्जन स्थल आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने निर्णय गरेको हो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया