एजेन्सी
चीनको वुहान शहरबाट विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड–१९ को प्रभाव खेल क्षेत्रमा पनि परेको छ। अहिले फुटबल,क्रिकेट,टेनिस लगायतका चर्चित खेलहरु स्थगित गरिएको छ।
फुटबलका दुई चर्चित महाकुम्भ यूरो कप र कोपा अमेरिका समेत १ वर्ष पछाडि सारिएको छ। यसको कारण बिभिन्न देशका खेलाडीमा देखिएको कोरोना संक्रमण नै हो।
यस्तै अवस्थामा फुटबलर जाल्टन इब्राहिमोविचले कोरोनाविरुद्धको प्रयासका लागि रकम जम्मा गर्ने अभियान सञ्चालन गरेका छन्।
इटालियन सिरी ए क्लब एसी मिलानबाट खेल्दै आएका इब्राहिमोविचले अरु फुटबलरहरुलाई पनि यो प्रयासमा सहभागी भएर कोरोनालाई परै राख्ने कार्यमा सहयोग गर्न आग्रह गरेका छन्।
उनले ५० हजार युरो डोनेट गरेका छन्। इब्राहिमोविचले इन्स्टाग्राममा लेखेका छन्, ‘इटालीले मलाई जहिले पनि धेरै कुरा दिएको छ। अहिलेको नाटकीय अवस्थामा मैले माया गर्ने देशलाई आफ्ना तर्फबाट पनि केही गर्न चाहन्छु।’
उनले अघि लेखेका छन्, ‘सहकर्मीहरुको उदारता महत्वपूर्ण हुनेछ, सबै खेलाडी तथा आफूले सके जतिको सहयोग गर्नेहरुको डोनेसन यो भाइरसलाई परै राख्नका लागि उपयुक्त हुनेछ।’
इब्राहिमोविचले स्वर्थबिना सबैको जीवन रक्षाका लागि समर्पित अस्पताल, डाक्टर तथा नर्सहरुको योगका लागि एकीकृत प्रयास चाहिएको बताए। उनले लेखेका छन्, ‘हामी सबै मिलेर कोरोना भाइरसलाई पराजित गरौँ र यो खेल जितौँ।’
स्मरण रहोस् इटालीमा अवस्था अति भयावह बनेको छ। कोरोना कारण इटालीमा मृत्यु हुनेको संख्या तीव्र गतिमा बढेको छ।
इटालीमा बुधबार एकै दिन ४७५ जनाको मृत्यु भएको छ। इटालीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या झण्डै तीन हजार पुगेको छ।
इटालीमा अहिलेसम्म ३५ हजार ७१३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। त्यसमध्ये चार हजार भन्दा बढी मानिस निको भएका छन्। इटालीको लोम्बार्डी क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ। सो क्षेत्रमा एकै दिन ३१९ जनाको मृत्यु भएको हो।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया