विमानस्थलमा नाममात्रैको चेकजाँच, ज्वरो नापेर छाडिदिन्छ सरकार (भिडियोसहित)

रातोपाटी

काठमाडाै‌ं

पछिल्लो तथ्याङ्कअनुसार विश्वका झन्डै १ लाख ७४ हजारमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भेटिएको पुष्टि भइसकेको छ । यसमध्ये ६ हजार ६०० बढीको मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारी घोषणा गर्दै सावधानीका उपाय अबलम्बन गर्न सबै देशका सरकारसँग आग्रह गरेको छ । तर, कोरोनाको केन्द्रबिन्दू मानिएको चीनसँग सीमा जोडिएको नेपाल अझै पनि हल्ला र त्रासमै सीमित छ ।  

कोरोनाको महामारी विश्वव्यापी फैलिसक्दा पनि एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्रिएका एकजनामा मात्रै संक्रमण भेटिएको पुष्टि भएको छ र ती व्यक्ति पनि उपचार गरेर निको भइसकेका छन् । यसको अर्थ नेपाल कोरोना भाइरसको खतरामा छैन भनेर बुझ्नु गलत हुनेछ । कोरोनाको संक्रमण रोक्न सरकारले विमानस्थलमा विशेष निगरानी गर्नुको विकल्प छैन । र, सरकारले सावधानी अपनाइएको पनि भनिरहेको छ । 'नेपाल आउने सम्पूर्ण स्वदेशी एवं विदेशी नागरिक, गैरआवासीय नेपालीले समेत नेपाल प्रवेश गरेको दिनबाट १४ दिनसम्म अनिवार्य रुपमा ‘होम क्वारेन्टाइन’ मा बस्नुपर्ने' अध्यागमन विभागले जारी गरेको  निर्देशनमा भनिएकाे छ । 

प्रकाशित मिति: : 2020-03-17 21:31:07

प्रतिकृया दिनुहोस्