अन्नपूर्ण पोष्ट
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरसबाट संक्रमित भए उपचार खर्च राज्यले व्यहोर्ने बताएका छन् । नेपालमा कोही पनि कोरोनाबाट संक्रमित नभएको जानकारी दिँदै मन्त्री ढकालले संक्रमण भित्रिन नदिन सरकारले आवश्यक तयारी गरिरहेको बताए ।
‘कोरोनाबाट बिरामी भएको पुष्टि भए उपचारको सम्पूर्ण जिम्मा सरकारले लिन्छ’, राष्ट्रियसभा बैठकमा आइतबार उनले भने, ‘कोरोना नसार्ने कुराका लागि प्रत्येक नागरिकले सावधानी अपनाऔं भन्ने सरकारको आग्रह हो ।’
उनका अनुसार ४ सय ६४ जनाको परीक्षण गरिएकोमा सबैको रिजल्ट ‘नेगेटिभ’ आएको छ । ‘नेपालमा आजसम्म एक जना पनि संक्रमित पाएका छैनौं’, उनले भने, ‘संक्रमण देखियो भने आवश्यक औषधि र औजारको जोहो गरेका छौं ।’
उनले कोरोना भित्रिन नदिन उच्च सावधानी अपनाइएको सुनाए । हात धुन, भेटघाटमा नमस्कार गर्न, खाना खाँदा सावधानी अपनाउन, भीडमा नजान जनतालाई आग्रह गरिएको उनको भनाइ थियो ।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया