बिएल संवाददाता
सार्वजनिक स्थलमा महिलालाई गोप्य देखाउने रक्षा मन्त्रालयका शिक्षा अधिकृत पक्राउ परेका छन्।
ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोलस्थित सार्वजनिक स्थलमा महिलालाई आफ्नो गोप्य अङ्ग प्रदर्शन गर्ने बैतडीको पाटन नगरपालिका–७ घर भएका ५५ वर्षीय सुरेन्द्र भट्ट पक्राउ परेका हुन्।
प्रारम्भिक अनुसन्धानको क्रममा भट्ट सिंहदरबारस्थित रक्षा मन्त्रालयमा शिक्षा अधिकृतको रुपमा कार्यरत रहेको खुलेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। उनी ललितपुरको महालक्ष्मी–२ बस्दै आएका थिए।
पीडित महिलाले दुर्व्यवहारको भिडियो सामाजिक संजालमार्फत सार्वजनिक गरेपछि प्रहरी वृत्त सातदोबाटोको टोलीले पक्राउ गरेको हो।
पक्राउ परेका भट्टलाई सातदोबाटो प्रहरीको हिरासतमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया