बिएल संवाददाता
पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफ्नो अन्तिम फिफा विश्वकप ट्रफीबिनै समाप्त भएकोमा दुःख व्यक्त गरेका छन्। यद्यपि उनले पोर्चुगलको राष्ट्रिय टोलीबाट आफ्नो भविष्यबारे भने हतारमा कुनै निर्णय नगर्ने बताएका छन्।
राउण्ड अफ–१६ मा स्पेनसँग १–० ले पराजित हुँदै पोर्चुगल विश्वकपबाट बाहिरिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै रोनाल्डोले आफूले देशका लागि सक्दो योगदान दिएको र कुनै पछुतो नरहेको बताए।
‘यसरी विश्वकपबाट बाहिरिनुपर्दा दुःख लागेको छ। मैले आफ्नो तर्फबाट सक्दो प्रयास गरेँ। अन्तस्करण सफा छ, यो मेरो अन्तिम विश्वकप थियो। अब केही समय परिवारसँग बिताएर शान्त रूपमा भविष्यबारे सोच्नेछु। भावनामा बगेर कुनै निर्णय गर्नेछैन,‘ उनले भने।
रोनाल्डोले आफू आवेगमा आएर निर्णय गर्ने व्यक्ति नभएको पनि स्पष्ट पारे। आफ्नो अन्तर्राष्ट्रिय यात्रालाई स्मरण गर्दै उनले आफूअघि पोर्चुगलले कुनै ठूलो उपाधि जित्न नसकेको उल्लेख गरे। उनले नेतृत्व गरेको टोलीले सन् २०१६ मा यूईएफए युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो भने दुई पटक यूईएफए नेशन्स लिग पनि जितेको थियो।
‘मैले पोर्चुगलका लागि तीनवटा उपाधि जितेको छु। म फुटबलमा आउनु अघि पोर्चुगलले एउटा पनि उपाधि जितेको थिएन। मेरो लागि २०१६ को युरो जित्नु विश्वकप जित्नुजत्तिकै ठूलो उपलब्धि हो,‘ उनले भने।
यता, पोर्चुगलका मुख्य प्रशिक्षक रोवर्टो मार्टिनेजले भने टोली छाड्ने घोषणा गरेका छन्। रोनाल्डोले मार्टिनेजको प्रशंसा गर्दै उनी उत्कृष्ट प्रशिक्षक र असल व्यक्ति भएको बताए। ‘उनीसँग काम गर्न पाउँदा निकै खुसी लाग्यो। उनले पोर्चुगलका लागि गरेको योगदान प्रशंसायोग्य छ। उनको आगामी यात्राका लागि शुभकामना दिन चाहन्छु,‘ रोनाल्डोले भने।
उनले विश्वकपबाट बाहिरिनु सधैं पीडादायी हुने उल्लेख गर्दै पोर्चुगलले प्रतियोगिताभर राम्रो प्रदर्शन गरेको र खेलको नतिजा जुनसुकै टोलीको पक्षमा जान सक्ने अवस्था रहेको बताए।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया