जालान् त अमेरिकी राष्ट्रपति ट्रम्प सेल्फ क्वारेन्टाइनमा ?

बिएल संवाददाता

वासिङ्टन डीसी, अमेरिका

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सेल्फ क्वारेन्टाइनमा बस्ने कि नबस्ने धर्मसंकटमा परेका छन्। गत शनिबार उनले हात मिलाएका ब्राजिलका राष्ट्रपतिका सञ्चार सचिव फाबियो बाजङगार्टेनलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि उनी यस्तो धर्म संकटमा परेका हुन्।

ब्राजिलका राष्ट्रपतिका सञ्चार सचिव बाजङगार्टेन राष्ट्रपति ट्रम्पलाई भेट्न गत शनिबार फ्लोरिडास्थित उनकै निबास मार ए लागो पुगेका थिए। 

त्यही भेटघाटका क्रममा उनीहरूले हात मिलाएका थिए। भेटघाट पछि ब्राजिल फर्केका बाजङगार्टेनको स्वास्थ्य परीक्षण गर्दा उनी कोरोना संक्रिमत भएको पाइए। अहिले उनी क्वारेन्टाइनमा रहेर उपचार गराइरहेका छन्। 

सामान्यत: कोरोना भाइरस संक्रमितसँग सम्पर्कमा रहेका व्यक्ति १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने मान्यता छ। यस मान्यतालाई अवलम्बन गर्ने हो भने राष्ट्रपति ट्रम्प पनि क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ। तर, उनी क्वारेन्टाइनमा बस्छन् कि बस्दैनन् ? यो प्रश्न उनीतिर तेर्सिएको छ। तर, अहिलेसम्म पनि ह्वाइट हाउसले भने यस बारेमा केही बताएको छैन। 

त्यसो त यसअघि पनि रिपब्लिकन पार्टीको एक सम्मेलनमा उनले क्वारेन्टाइनमा गएका केही सांसद र अधिकारीसँग हात मिलाएको समाचार सार्वजनिक भएको छ। तर, ती सबै समाचारलाई अटेर गर्दै उनी सेल्फ क्वारेन्टाइनमा भने गएका छैनन्। 

प्रकाशित मिति: : 2020-03-13 18:33:19

प्रतिकृया दिनुहोस्