बलिउड नायक साहिद कपुर नयाँ चलचित्र ‘जर्सी’ रिमेकको तयारीमा छन्। सफल तेलुगु चलचित्र ‘जर्सी’को हिन्दी रिमेकमा साहिदले काम गर्न लागेका हुन्। यो चलचित्रले क्रिकेटरको कथा प्रस्तुत गर्दैछ।
यो चलचित्रको लागि मुख्य नायिकाको रुपमा मृणाल ठाकुरले काम गर्नेछिन्। ‘जर्सी’मा साहिद एक क्रिकेट खेलाडीको रुपमा देखिने तयारीमा छन्। चलचित्रका लागि साहिद यतिबेला क्रिकेट खेलको तालिम पनि लिइरहेका छन्।
उनको चलचित्रका सम्बन्धमा बनेका केही भिडियो फुटेज र तस्बिरहरूले सामाजिक सञ्जालमा स्थान पाइरहेका छन्। चलचित्रको सुटिङ सेटबाट आएका सामग्रीहरुको चर्चाले साहिदको चर्चालाई झनै बढाएको छ। फ्यान फलोअर्समाझ उनका गतिविधिले स्थान पाइरहेका छन्।
यो चलचित्रलाई गौतम तिन्नानुरीले निर्देशन गर्नेछन्। जसले तेलुगु चलचित्र निर्देशन गरेका थिए। अल्लु अरविन्द, अम गिल, दिल राजुले संयुक्त रुपमा निर्माण गर्ने यो चलचित्र सन् २०२० मा रिलिज हुनेछ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया