इन्डियन प्रिमियर लिग आइपीएलको १३ औँ संस्करण कारोना भाइरसको चपेटामा परेको छ।
भारत सरकारले कोरोनाको संक्रमण रोक्न १५ अप्रिलसम्म सबै भिसा निलम्बन गर्ने निर्णय गरेपछि मार्च २९ बाट सुरु हुने आइपीएल हुनेमा शंका उब्जिएको हो। भारत सरकारले राजनीतिक, सरकारी, संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय संस्था, इम्प्लेइमेन्ट र प्रोजेक्ट भिसा बाहेक अन्य भिसा १५ अप्रिलसम्म निलम्बन गर्ने निर्णय गरेको छ। यो १३ मार्च अर्थात शुक्रबार मध्यरातबाट लागू हुनेछ।
नेपालका लेग स्पिनिर सन्दीप लामिछानेले दिल्ली क्यापिटल्सबाट तेस्रो पटक खेल्ने पक्का भएको पक्का थियो। दिल्लीले सन्दीप सहित १२ खेलाडीलाई रिटेन गरेको थियो। दिल्लीले ब्याट्सम्यान श्रेयस अययर, पृथ्वी शा, शिखर धवन, विकेटकिपर ब्याट्सम्यान रिसव पन्त, अलराउन्डर कीमो पाउल, अक्सर पटेल र हर्षल पटेललाई रिटेन गरेको हो।
हिजोमात्रै बंगबंधु शेख मुजिबउर रहमानको जन्म शताब्दीमा बंगलादेशमा आयोजना हुने विश्व ११ र एसिया ११ बीचको टी २० सिरिज स्थगित गरिएको थियो। विश्वभर फैलिएको कोरोना भाईरसको कारण सिरिज स्थगित गरिएको बंगलादेश क्रिकेट बोर्डले बुधबार जनाएको छ।
उक्त दुई टि २० खेल चैत्र ८ र ९ गते मा बंगलादेशको शेर ए बंगला रंगशालामा बताइएको थियो। तर अर्को मिती सार्वजनिक नहुन्जेलसम्म स्थगित भएको बोर्डले जनाएको छ।
सिरिजमा एसिया ११ बाट नेपालका सन्दीप लामिछानेले समेत खेल्ने छन्। सन्दीपसँगै विराट कोहली, लोकेश राहुल, ऋषब पन्त, कुलदिप यादव, शिखर धवन, तामिम इकबाल, लिटोन दास, मुस्फिकर रहमान, थिसरा परेरा, राशिद खान, मुस्ताफिजुर रहमान, लासिथ मालिंगा, मोहमद शामी र मुजिब उर रहमान रहेका छन्।
यस्तै विश्व ११ को टिममा कप्तान फाफ डु प्लेसिससँगै क्रिस गेल, एलेक्स हेल्स, निकोलस पुरन, रोस टेलर, जोन्नी बेयरस्टो, केइरन पोलार्ड, आदील राशिद, शेल्डन कट्रेल, लुंगी नेग्दी, एण्ड्रिउ टाइ र मिचेल मेक्लेनेघन रहेका छन्।