‘रे’ कै भरमा कुदे उपभोक्ता! सरकार भन्छः ‘आत्तिनुपर्ने अवस्था छैन’

बिहानैदेखि रित्तो खाना पकाउने एलपी ग्यास(सिलिण्डर)माथि बसेकी थिइन् काठमाडौं नयाँ बानेश्वर बस्ने ६३ वर्षीया रन्जना श्रेष्ठ। ६ बजे नै अनामनगरको नेपाल ग्यास डिपोमा पुगेकी श्रेष्ठ १ बजेसम्म सिलिण्डर पाउने आसामा बसेकी थिइन्। घरि रित्तो सिलिण्डरमाथि बस्थिन् त घरि यताउति डुल्थिन्। एकै ठाउँमा धेरै बेर बस्दा हात, खुट्टा र ढाड दुख्छ।’ उनले भनिन्, ‘नबसौं भने ग्यास नै नपाइएला भन्ने डर।

२०७२ को नाकाबन्दी समेत भोगेकी श्रेष्ठलाई फेरि त्यस्तै अवस्था आउन लागेको भ्रम रहेछ। ‘नेपालमा पनि कोरोना भाइरस आउँदै छ रे ? मानिसहरु पनि मर्छन् रे! विदेशबाट सामान नै आउँदैन भन्ने हल्ला छ। भोलिपर्सी त केही पनि पाइदैन। त्यही भएर लाइनमा बसेर पनि सिलिण्डर लिन आएकी।’ पहिले नाकाबन्दी हुँदा कस्तो अवस्था आएको थियो तपाइलाई थाहा छ? फेरि त्यस्तै हुँदैछ रे! उनले प्रश्न गर्दै सोधिन्।

प्रकाशित मिति: : 2020-03-08 06:13:50

प्रतिकृया दिनुहोस्