फ्रेन्च क्लब मोनाकोका विङ्गर गेल्सन मार्टिन्समाथि प्रतिबन्ध लागेको छ। उनीमाथि ६ महिनाको प्रतिबन्ध लागेको हो।
उनीमाथि रेफ्री तथा खेल पदाधिकारीलाई धक्का दिएको आरोप लगाइएको छ।
मार्टिन्सले गएको महिना फ्रेन्च लिग वान फुटबल अन्तर्गत निमेससँगको खेलको खेलको क्रममा रेफ्रीलाई धक्का दिएका थिए। फेब्रुअरी १ मा भएको खेलमा मोनाको पराजित भएको थियो।
२४ वर्षका मार्टिन्सले रेफ्री मिकेल लुसाजलाई धक्का दिएका हुन्।
उनलाई खेलको क्रममा रातो कार्डसमेत दिइएको थियो।