बिएल संवाददाता
नेपाली बलरहरूको उत्कृष्ट प्रदर्शनमा थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन टी २० प्रतियोगितामा नेपालले घरेलु टोलीलाई ६६ रनमा समेटेको छ।
बैंकक स्थित टेर्डथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको थाईल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ६६ रनमा समेटियो।
थाइल्याण्डलाई सस्तैमा रोक्न नेपालका लागि करन केसीले ३, अभिनास बोहोराले २ तथा सन्दीप लामिछाने र भुवन कार्कीले समान १-१ विकेट लिए।
थाइल्याण्डका लागि हेनो जर्दान र फिरियापोङ सुनचाहीले समान १३-१३ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याट्मेनले दोहोरो रन बनाउन सकेनन्।
थाइल्याण्डले अतिरिक्तमा सर्वाधिक १७ रन जोडेको थियो।
यो नेपालले टी ट्वान्टी अन्तर्राष्ट्रियमा विपक्षीलाई रोकेको इतिहासकै कम योगफल हो। यसअघि नेपालले सन् २०१४ को टी ट्वान्टी विश्वकपमा हङकङलाई ६९ रनमा अल आउट गरेको थियो।
सुरूमै बलिङ गरेका सन्दीप लामिछानेले ४ ओभरमा ९ रन खर्चेर १ विकेट लिए । टि ट्वान्टी आईमा डेब्यू गरेका भुवन कार्कीले ४ ओभरमा ६ रन खर्चेर १ विकेट लिए । अभिनाश बोहराले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । करण केसीले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया