अमेरिकामा सुपर टुज्डेको ठीक पूर्वसन्ध्यामा डेमोक्रेटिक पार्टीमा नाटकीय मोड आएको छ। उम्मेद्वारी दौडमा रहेका पिट बटिजज र एमी क्लोबचरले आआफ्नो उम्मेद्वारी स्थगित गर्दै जो बाइडेनलाई इन्डोर्स गरेका छन्। अर्का उम्मेद्वार बिटो ओ'रर्क पनि बाइडनकै पक्षमा उभिएका छन्।
उनीहरूको यो इन्डोर्समेन्टसँगै पूर्वउपराष्ट्रपति जो बाइडेनको पक्षमा एकाएक चुनावी माहौल बनेको छ भने उम्मेद्वारीको अग्रपंक्तिमा रहेका बर्नी स्याण्डर्स मोडरेट घेराबन्दीमा परेका छन्।
आफूलाई प्रजातान्त्रिक समाजवादी भन्न रूचाउने बर्नी स्याण्डर्सविरूद्ध डेमोक्रेटिक संस्थापनले मोर्चाबन्दी गरेको हो। उनीहरू बर्नी स्याण्डर्सलाई आउटसाइडर भन्दै मोर्चाबन्दीका लागेका हुन्। उनीहरूले जो बाइडनले मात्र ट्रम्पलाई पराजित गर्नसक्ने विशवासका साथ आफ्नो उम्मेद्वारी छोडेर बाइडेनको पक्षमा आएको दलील प्रस्तुत गरेका छन्।
यसैबीच स्याण्डर्सले यो विचारको लडाइ भएको बताउँदै आफ्ना सबै समर्थकलाई निश्चिन्त भएर चुनावमा लाग्न आग्रह गरेका छन्। उनले आफ्नो जीत निश्चित भएको बताउँदै सबै खाले घेराबन्दीको अर्थ नहुने बताए। उनले एमी र पिटका समर्थकलाई समेत आफूलाई समर्थन गर्न आग्रह गरे।
अमेरिकामा १४ राज्यमा मंगलबार प्राइमरी हुदैछ। सुपर टुज्डे भनिने यही दिनको परिणामले डेमोक्रेटिक उम्मेद्वारीको धेरै कुरा निर्णय गर्छ। त्यसमा पनि ठूलो संख्यामा डेलिगेट रहेका क्यालिफोर्निया र टेक्सासका सबै डलिगेटस लोकप्रिय मत पाउँनेको पक्षमा जाने भएकाले बर्नी र बाइडेनको ध्यान विशेषत: यी दुई राज्यमा केन्द्रीत छ। पछिल्ला मत सर्भेक्षणले यी दुबै राज्यमा बर्नी अगाडि देखिएकाले बाइडेनको पक्षमा मध्यमार्गीहरूले गठजोड लगाएको सजिलै अनुमान लगाउन सकिन्छ।
डेमोक्रेटिक राष्ट्रपतिको उम्मेद्वारी मैदानमा अब पाँचजना उम्मेद्वार बचेका छन्। त्यसमा पनि चारजना बाइडन, बर्नी, वारेन र ब्लुमवर्ग अझै प्रतिस्पर्धामै छन्। पाँचौ उम्मेद्वार तुलसी गेबार्डको कुनै चर्चा छैन, नाम मात्रकी उम्मेद्वार जस्ती देखिएकी तुलसीले अझै क्याम्पेन स्थगित भने गरेकी छैनन् ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया