दोलखाकी बालिका खड्का (राई)ले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकी छिन्।
मुख्यमन्त्री राईले आफूमाथि घरेलु हिंसा, शारीरिक यातना र यौन दुर्व्यवहारको प्रयास गरेको भन्दै उनले शुक्रबार मुद्दा दायर गरेकी हुन्। खड्काले आरोपपत्रमा मुख्यमन्त्री राई आफ्नो पति भएको दाबी गर्दै आधा अंश माग गरेकी छन्।