बुधबार, १७ डिसेम्बर २०२५

ऋचा र अली फजल विवाह गर्दै

एजेन्सी

एजेन्सी

काठमाडाै‌ं
News Image
• • •

भारतको पटनामा जन्मिएकी बलिउड नायिका ऋचा चड्ढा बलिउडमा फरक खालका चलचित्रमा काम गर्न सधै नै अगाडि छिन्। उनी बेला–बेलामा विवादस्पद बयानका कारण पनि चर्चामा रहन्छिन्।

‘ओए लक्की लक्की ओए’बाट बलिउडमा प्रवेश गरेकी ऋचाले चलचित्र ‘ग्याङ्ग्स अफ वासिपर १ र २’मा उत्कृष्ट अभिनय गरेको भन्दै फिल्मफेयरमा उत्कृष्ट नायिकाको अवार्ड पनि पाएकी थिइन्।

तर उनको हातमा भने अरु चलचित्र भने छैन। यही मौकामा उनी कलाकार अली फजलको विवाह गर्दैछन्। उनीहरुले अप्रिल महिनामा विवाह गर्ने पक्का भएको छ। यी दुइले लखनउमा सबैभन्दा पहिला विवाह गर्दैछन्। 

यसपछि भने उनीहरुले दिल्लीमा हिन्दु परम्परा अनुसार बिहे गर्ने बताइएको छ। मुम्बइमा उनीहरुले पार्टीको आयोजना गर्नेछन्।

यसैविच, उनीहरुले अदालत पुगेर कोर्ट म्यारिज पनि गर्ने बताएका छन्। उनीहरुले मुम्बइको बान्द्रामा रहेको अदालतमा कानुनी बिहेका लागि निवेदन दिएका छन्। उनीहरुले, ३ महिना भित्रमा कोर्ट म्यारिज गरिसक्नुपर्नेछ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!