बुधबार, १७ डिसेम्बर २०२५

वामदेव प्रकरणमा ‘भैँसेपाटी गुट’ रक्षात्मक अवस्थामा, प्रचण्ड-नेपाल अप्ठ्यारोमा

नेपालन्यूज

नेपालन्यूज

काठमाडाै‌ं
News Image
• • •

प्रकाश तिमल्सिना

संविधान संसोधन गरेर राष्ट्रियसभाका सांसद (वामदेव गौतम) लाई प्रधानमन्त्री बनाउने बाटो खुल्ला गर्ने नेकपाभित्रको ‘भैँसेपाटी गुट’को योजना अन्ततः गर्भमै तुहिन पुगेको छ।

नेकपाभित्रको ‘भैँसेपाटी गुट’का नेतृत्व गर्ने कार्यकारी अधिकार प्राप्त अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमको योजना गर्भमै तुहिएर असफल हुन पुगेको हो।

‘भैँसेपाटी गुट’ यो असफलतामा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली पक्षधरले खेलेको भूमिका एक किसिमले महत्वपूर्ण देखिएको छ। जसले निर्णय हुनु अगाडि नै सार्वजनिक गरेर ‘भैँसेपाटी गुट’लाई रक्षात्मक अवस्थामा सीमित गरिदिएको छ। नेकपाभित्रको ‘भैँसेपाटी गुट’ले अब कुनै पनि कदम चाल्दा एकपटक विचार-विमर्श गरेरमात्रै चाल्नुपर्ने अवस्थामा पुर्‍याएको छ।

यसअघि आक्रामक रहेको ‘भैँसेपाटी गुट’ संविधान संसोधन कार्यदलको असफलतासँगै रक्षात्मकमात्रै होइन, जवाफ दिने र औचित्य पुष्टि गर्नसक्ने अवस्थामा पनि पुगेन। जस्तो कि, संविधान संसोधन कार्यदलका संयोजक भनिएका नेता नेपाललाई सोही मातहतका स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटाले भनिदिए, ‘ब्यक्तिका लागि संविधान संसोधन गर्ने उद्देश्य रहेको हो भने तपाईँ नेतृत्वको कार्यदलमा हामी बस्दैनौं, तपाईँ पनि यता नलाग्नुहोस्।’नेम्वाङ र देवकोटा दुवैले कार्यदलमा बस्न अस्विकार गरेपछि नेपाल नाजवाफ बनेका छन्।

नेता नेपाललाई भेटेर फर्केका नेम्वाङले भने, ‘हामीले संविधान संसोधनको बेमौसमी बाजा बजाउन किन लाग्छौं? यस्तो छाडौं। उहाँ (माधव नेपाल)ले पनि तपाईँहरुको कुरा ठीक हो भन्नुभयो, अरु केही बोल्नु भएन।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!