कागज किर्ते गरेको आरोपमा मालपोत शाखाका खरिदार पक्राउ

प्रहरीले सरकारी कागज किर्ते गरेको आरोपमा सप्तरीका एक कर्मचारी पक्राउ परेका छन्। राजविराजस्थित भूमिसुधार तथा मालपोत कार्यालय मालपोत शाखाका खरिदार नबिन विश्‍वकर्मा पक्राउ परेका हुन्।

सरकारी काज किर्ते गरेको भन्दै सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ बस्ने ७६ वर्षीय फुरन चौधरी थारुले विश्वकर्माविरुद्ध लिखित उजुरी दिएपछि उनलाई पक्राउ गरिउको डीएसपी तिलक भारतीले जानकारी दिए।

कार्यालयको १० नम्बर फाँटमा कार्यरत विश्वकर्मालाई पक्राउ गरी सरकारी कागज किर्ते मुद्दामा सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी कारवाही थालिएको डीएसपी भारतीले बताए।

प्रकाशित मिति: : 2020-02-11 01:43:00

प्रतिकृया दिनुहोस्