पुस्तकालयका नाममा सार्वजनिक जग्गाको दुरुपयोग

सरकारी जग्गामा भवन बनाएर भाडा उठाउँदै सञ्चालक

विजय कार्की

काठमाडौं

ललितपुर महानगर–१५ सातदोबाटोस्थित दिपावली पुस्तकालयका सञ्चालक राजेन्द्र खड्गी र स्थानीय दिलबहादुर खड्गीले अदालतको आदेशविपरीत नक्सा पासविनै सार्वजनिकस्थलमा भवन बनाएर भाडामा लगाएका छन् । उनीहरूले डेढ वर्षअघि पुस्तकालयको तीनतले पुरानो भवन भत्काएर करिब ८ आना सार्वजनिक जग्गामा नयाँ संरचना बनाएका हुन् । नयाँ भवनमा ७ वटा सटर छन् । उनीहरूले एक वर्षदेखि प्रतिसटर ३० हजारका दरले भाडामा लगाएका छन् । 

पुस्तकालयको नाममा सार्वजनिक जग्गा व्यक्तिले कब्जा जमाएको भन्दै ०७३ सालमा स्थानीय मधुकुमार चालिसेसहितले उच्च अदालत पाटनमा रिट दिएका थिए । १२ चैत ०७३ मा मुद्दाको सुनुवाइ गर्दै अदालतले सार्वजनिक जग्गामा रहेको भवनको दायाँबायाँ कुनै पनि संरचना नबनाउन पुस्तकालय र ललितपुर महानगरपालिकालाई आदेश दियो । तर, साबिकको तीन तले पुस्तकालय भवन भत्काएर राजेन्द्र खड्गी र दिलबहादुर खड्गीले नयाँ संरचना बनाएका हुन् । नयाँ संरचना बनाउँदा सडकको डेढ मिटर जग्गासमेत कब्जा गरेको स्रोतको भनाइ छ । 

प्रकाशित मिति: : 2020-02-10 19:43:36

प्रतिकृया दिनुहोस्