बुधबार, १७ डिसेम्बर २०२५

अफगानिस्तानमा सैनिक कारबाहीमा १८ लडाकूकको मृत्यु

एजेन्सी

एजेन्सी

अफगानिस्तान
News Image
• • •

अफगानिस्तानको पूर्वी लघमान प्रान्तमा दुई साताको अवधिमा सेनाको कारबाहीमा एक जना तालिबानी कमान्डर सहित कम्तीमा १८ तालिबानी लडाकूको मृत्यु भएको छ।

सेनाद्वारा जारी विज्ञप्तिमा तालिबानका स्थानीय कमान्डर मुल्लाह ब्रादारको मृत्यु भएको उल्लेख छ। कारबाहीका क्रममा अलिसिङ जिल्लाका तालिबानका छाया गभर्नर क्वारी मेराजुद्दीन समेतका अरु दर्जनौं लडाकू घाइते भएका छन्। 

उक्त सैनिक कारबहीमा लडाकू बिमानको पनि प्रयोग गरिएको सेनाले जनाएको छ। दर्जनौं गाउँ तालिबानीको कब्जाबाट मुक्त गर्न सफल उक्त सैन्य कारबाहीका क्रममा चार जना सैनिक पनि घाइते भएको सेनाले जनाएको छ। उक्त कारबाही र क्षतिका बारेमा तालिबान समूहले केही बताएको छैन। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!