पाकिस्तानमा बाल यौन उत्पीडनमा संलग्न हुनेलाई अब सार्वजनिक स्थानमा फासी

एजेन्सी

इस्लामाबाद

पाकिस्तानमा अब बाल यौन उत्पीडनमा समावेश व्यक्तिलाई सार्वजनिक रूपमा फासी हुनेछ। 

पाकिस्तानको संसदले शुक्रबार यो प्रस्तावलाई स्विकृत गरेकाे हाे। बालबालिकाको यौन उत्पीडनमा संलग्न हुने व्यक्तिलाई फासी दिने प्रस्ताव राज्यमन्त्री अली मोहम्मद खानले पाकिस्तानी स‌ंसदमा पेश गरेका थिए। जुन बहुमतबाट पास भयो। 

पाकिस्तानी पिपल्स पार्टी (पीपीपी) का नेता तथा पूर्व प्रधानमन्त्री राजा परवेज अशरफले भने पास भएकाे कानुन विपरित फरक मत राखेका थिए। उनले कठोर कानुन बनाए पनि अपराधमा कमि नआउने भन्दै यसले संयुक्त राष्ट्रसंघको कानुनको उल्लंघन गर्ने बताएका छन्। 

‘हामीले सार्वजनिक रूपमा फासी दिने कानुनलाई लागु गर्नु हुदैन,’ उनले भने। परवेज अशरफको भनाई प्रति अरुले पनि समर्थन जनाएका थिए। 

बाल अधिकार संगठनको रिपोर्टअनुसार गत वर्ष ६ महिनाभित्र पाकिस्तानमा बाल यौन उत्पीडनको १३ सय ४ मुद्धा दायर भएको थियो।

रिपोर्टअनुसार पाकिस्तानमा हरेक दिन सात बालबालिका यौन उत्पीडनको शिकार हुने गरेका छन्। 
 

प्रकाशित मिति: : 2020-02-08 10:12:15

प्रतिकृया दिनुहोस्