नयाँदिल्लीस्थित अमेरिकी दूतावास कम्पाउण्डभित्र पाँच वर्षीया बालिका बलात्कृत

बिएल संवाददाता

नयाँदिल्ली

भारतका लागि अमेरिकी दूतावास परिसरमा पाँच वर्षीय बालिका बलात्कृत भएकी छिन्। दूतावासमा कार्यरत स्थानीय कर्मचारीका २५ वर्षीय छोराले त्यही कार्यरत अर्का एक स्थानीय कर्मचारीकी छोरीलाई बलात्कार गरेको बताइएको छ।

नयाँ दिल्लीको चाणक्यपुरीस्थित २८ एकर जमीनमा फैलिएको अमेरिकी दूतावासमा ठूलो संख्यामा स्थानीय भारतीय कर्मचारी काम गर्छन्। तल्लो निकायमा काम गर्ने उनीहरूका लागि परिसरमै बस्ने क्वाटरको व्यवस्था गरिएको छ।

घटनाको अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार पीडित बालिकाका बाबुआमा बाहिर गएको मौका छोपेर बाहिर खेलिरहेकी बालिकालाई कोठामा लगेर बलात्कार गरिएको हो।

घटनालाई लिएर अमेरिकी दूतावासले दु:ख प्रकट गरेको छ। उसले भनेको छ, यस्तो कूकर्म कुनै पनि बहानामा क्षम्य हुदैन। हामी घटनाको निस्पक्ष छानबीन गरी दोषीलाई कडा कारबाही र पीडितलाई न्याय मिलोस् भनेर जोडदार माग गर्छौं ।

बाबुआमा क्वाटरमा फर्केपछि बलात्कृत बालिकाले घटना बताएकी थिइन्। उनलाई तुरून्तै अस्पताल लगिएको थियो र चिकित्सकले परीक्षणपछि उनी बलात्कारकाे शिकार भएको पुष्टी गरेका थिए।

आरोपीलाई पक्राउ गरी कानुनी कारबाही अगाडि बढाइएको बताइएको छ। आरोपीले आफ्नो कुकर्म स्विकार गरेको बताइएको छ।

यसैबीच घटनालाई लिएर अमेरिकी दूतावासले दु:ख प्रकट गरेको छ। उसले भनेको छ, यस्तो कूकर्म कुनै पनि बहानामा क्षम्य हुदैन। हामी घटनाको निस्पक्ष छानबीन गरी दोषीलाई कडा कारबाही र पीडितलाई न्याय मिलोस् भनेर जोडदार माग गर्छौं ।

प्रकाशित मिति: : 2020-02-07 20:25:34

प्रतिकृया दिनुहोस्