रहेनन् वृद्धभत्ताका परिकल्पनाकार अधिकारी

वृद्धभत्ताका परिकल्पनाकार भीमबहादुर अधिकारीको निधन भएको छ।

राष्ट्रिय युवा सेवा कोषका अध्यक्ष समेत रहेका अधिकारीको ९० वर्षको उमेरमा ललितपुरको भैँसेपाटीस्थित मेडीसिटी अस्पतालमा बिहीबार बिहान निधन भएको हो।

अधिकारी बद्रीविक्रम थापा स्मृति सेवा गुठी लगायत दर्जनौं संस्थामा आवद्ध थिए। राष्ट्रिय युवा सेवा कोषले युवाको उत्प्रेरणा जगाउने उद्देश्यले स्थापना अरनिको युवा कला पुरस्कार र नारायणगोपाल युवा संगीत पुरस्कार प्रदान गर्दै आएको छ। उनी झण्झै दर्जन बढी संघसंस्थामा कोषाध्यक्षका रूपमा काम गरेका थिए।

निजामती कर्मचारी र एक अग्रणी समाजसेवीको रूपमा दोहोरो भूमिकामा नै उनी निरन्तर क्रियाशील थिए। 
 

प्रकाशित मिति: : 2020-02-07 11:42:47

प्रतिकृया दिनुहोस्