बिएल संवाददाता
वार्यन म्युनिख जर्मन कपको क्वार्टरफाईनलमा प्रवेश गरेको छ।
बुधबार राति भएको खेलमा बार्यनले होफिनह्मलाई ४–३ गोल अन्तरले पराजित गर्यो। वार्यनको जितमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे। यता थोमस मुलरले एक गोल गरे भने एक गोल उपहार पाएको थियो। त्यस्तै वार्यनका जेरोमी बोटेङ्गले एक गोल उपहार दिए।
होफिनह्मका लागि मुनास डाबरले दुई गोल गरे भने बेन्जामिन हुबनरले एक गोल उपहार दिए।
खेलको ८ औं मिनेटमा होफेनहमका हुबनरको गोल मार्फत वार्यनले अग्रता लिएको थियो। तर १२ औं मिनेटमा होफिनह्म बराबरीमा फर्कियो। वार्यनका बोटेङ्गको उपहार गोल मार्फत होफिनह्मले बराबरीमा फर्किएको हो।
यता २० औं मिनेटमा मुलरको गोल मार्फत वार्यनले अग्रता दोब्बर बनायो। खेलको ३४ औं मिनेटमा लेवान्डोस्कीलेगोल गर्दा पहिलो हाफमा वार्यनले ३–१ को अग्रता लियो।
यस्तै लेवान्डोस्कीले खेलको ८० औं मिनेटमा गोल गर्दा अग्रता ४–१ मा पुग्यो। तर, ८२ र ९२ औं मिनेटमा होफेनहमका डाबरले गोल गरे। उनले लगातार गोल गरेपनि हार टार्न सकेनन्।
लेवान्डोस्कीले २९ खेलमा ३५ गोल गरेका छन्। पछिल्ला चार खेलमा उनले निरन्तर गोल गरेका छन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया