कालीगण्डकी करिडोरको बागलुङ खण्डअन्तर्गत मालढुङ्गा–टाकुरी सडकखण्ड सुख्खा पहिरोका कारण अवरुद्ध भएको छ। बागलुङ नगरपालिका–१३ गलुवामा बुधबार बिहान सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको हो।
सडक अवरुद्ध भएका कारण जिल्ला सदरमुकाम बागलुङबजारदेखि दक्षिण जैमिनी र बरेङ गाउँपालिकामा झन्डै २०० सवारी साधन रोकिएका छन्।
वैकल्पिक मार्गबाट सवारी पठाउने तयारी भइरहेको भए पनि बागलुङ–कुश्मिशेरा कृषि सडक कालोपत्रको काम चलिरहेको र मालढुङ्गा–लहरेबर–गिठे–कुश्मीशेराखण्डमा समेत सडक ढलानको काम भइरहेका सावारीसाधन आवतजावतमा अवरोध भएको हो।
निर्माणाधीन सडकलाई सहज बनाएर सवारी चलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। सुख्खा पहिरो हटाएर करिडोर खुलाउने प्रयाससमेत थालिएको प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए।