सभामुख सापकोटा र जापानी राजदूत साइगोबीच भेट

बिएल संवाददाता

काठमाडाै‌ं

सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि जापानी राजदूत मासामिची साइगोबीच भेटवार्ता भएको छ।

मंगलबार बिहान सभामुखको कार्यकक्षमै पुगेर राजदूत साइगोले उनीसँग भेटवार्ता गरेका हुन्। भेटमा राजदूत साइगोले नेपालको आर्थिक, सामाजिक, सुशासन र प्रविधिको क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।

सभामुख सापकोटाले नेपाल र जापानको सम्बन्ध निकै पुरानो भएको स्मरण गर्दै दुईदेशबीचको सम्बन्ध र सहकार्य अझ बयियो बनाउनुपर्ने बताए।

सभामुख सापकोटासँग यसअघि चीन र भारतका राजदूतहरुले शिष्टाचार भेटघाट गरिसकेका छन्। सापकोटा माघ १२ गते सभामुखमा निर्वाचित भएका थिए।  
 

प्रकाशित मिति: : 2020-02-05 02:06:08

प्रतिकृया दिनुहोस्