उपल्लो डोल्पामा झाडापखालाको प्रकोप, औषधि र चिकित्सक पठाउन आग्रह

उपल्लो डोल्पाली झाडापखालाको समस्याबाट पीडित बनेका छन्। डोल्पोबुद्ध गाउँपालिका–४ ताक्सी र  धोगाउँमा चिसोका कारण झाडापखालको प्रकोप देखिएको हो। 

डोल्पोबुद्ध गाउँपालिका–३ का वडा सदस्य लाप्का तेण्डुप लामाकाअनुसार अहिले दैनिक ५० भन्दा बढी स्थानीयबासी बिरामी परिरहेका छन्। हाल बिरामीको परम्परागत उपचार विधि आम्चीको भरमा उपचार हुँदै आएको छ। 

उनले हाल स्वास्थ्य चौकीमा औषधि र स्वास्थ्यकर्मी अभाव भएकाले चाँडो पठाउन र उपचारको पहल गर्न सरकारसँग आग्रह गरेका छन्।

मंसिर महिनामै औषधिको माग गरे पनि हालसम्म नपाएको यहाँका स्थानीयको गुनासो छ। दैनिक झाडापखालाका बिरामीको सङ्ख्या बढ्दै गएको उनीहरुले बताएका छन्। 

 

प्रकाशित मिति: : 2020-02-05 00:25:41

प्रतिकृया दिनुहोस्