पत्रकारहरुलाई मौरी झैँ काम गर्न सञ्चारमन्त्री बाँस्कोटाको निर्देशन

बिएल संवाददाता

काठमाडाै‌ं

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारहरुलाई मौरी झैँ काम गर्न निर्देशन दिएका छन्।

टेलिभिजनको वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले त्यस्तो निर्देशन दिएका हुन्। ‘प्रधानमन्त्रीज्यू (केपी शार्म ओली)ले भन्नु भएको जस्तै जस्तै हरेक दिन नयाँ फड्को र नयाँ प्रगति हासिल गर्न कर्मचारी र पत्रकारहरुले मौरी झैँ काम गर्न आवश्क छ।’ मन्त्री बाँस्कोटाले भने ‘तापाइहरुले पनि मौरी झैँ काम गर्नुहुन्छ भन्ने विस्वास लिएको छु।’

यस्तै मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारी संस्थानहरुमा मानवीय स्रोत व्यवस्थापनका चुनौती देखिएको बताए। उनले सरकार जोडिएका अधिकांश यस्ता संस्थाहरुमा मानवीय स्रोत व्यवस्थापनका चुनौतीको सामना गर्न आवश्यक रहेको बताउका हुन्। उनले प्रविधिको रुपान्तरणसँगै पहुँचको विस्तारका लागि आफ्ना लगानीहरु केन्द्रित गर्न आवश्यक रहेको समेत बताए। 

मन्त्री बाँस्कोटाले न्यायपूर्ण समाजको परिकल्पना वा समृद्ध नेपाल, सुखी नेपालीको सङ्कल्प पूरा गर्न सम्भव रहेको बताए। उनले आर्थिक वर्षभित्र नेपाल टेलिभिजनको अङ्ग्रेजी विश्व च्यानलको शुभारम्भ गराइने घोषणा गरे। 

‘अब यो बाँच्ने भयो। हाम्रा संस्थाहरुको आर्थिक जीवन स्वस्थ्य नहुँदासम्म सुकेनासले समात्छ। टेलिभिजन आर्थिक सुकेनासबाट भने जोगियो। प्रविधिको रुपान्तरणसँगै पहुँचको विस्तारका लागि आफ्ना लगानीहरु केन्द्रित गर्न आवश्यक छ’, मन्त्री बाँस्कोटाले भने, ‘अब मान्छेको मान जित्नुपर्छ। यसमा लोकसेवामा जाँच दिए जस्तो हुँदैन। उत्कृष्ट कार्यक्रम सञ्चालन गरेर दर्शकको मन जित्न सक्ने यसको क्षमता यसले विकास गर्नुपर्छ। दर्शकको मनोविज्ञानले के खोजेको छ, त्यसबारे अनुसन्धान हुन जरुरी छ। सरकार जोडिएका अधिकांश यस्ता संस्थाहरुमा मानवीय स्रोत व्यवस्थापनका चुनौतीको सामना गर्न आवश्यक छ।’
 

प्रकाशित मिति: : 2020-02-04 05:11:17

प्रतिकृया दिनुहोस्