काठमाडौंको ठमेल ज्याठास्थित एक होटलको फ्ल्याट कब्जा गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३० वर्षीय र्याम्बो भनिने कोर्ते गुरुङ र ४५ वर्षीय टाँसी गुरुङ रहेका छन्।
महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार होटल संकट एण्ड अपार्टमेन्टको १०३ नम्बर कोठामा तीन महिनादेखि उनीहरु बसिरहेका थिए।
उनीहरुले गण्डकी प्रदेशका प्रदेशसभा सांसद दीपक मनाङ्गेको नाम लिएर फ्ल्याट कब्जा गरेको एसएसपी थापाले बताए।
पैसा माग्दा होटल सञ्चालकलाई गाली गलौज र फ्ल्याटमा तोडफोड समेत गरेको उजुरी परेको उनले जनाए। उनीले गुण्डागर्दीमा प्रयोग गर्ने गाडी र धारिलो हतियार पनि बरामद गरिएको महाशाखाका एसपी मुकेश सिंहले बताए।
दुवै जना यसअघि पनि विभिन्न कसूरमा पक्राउ परिसकेका व्यक्ति भएको थापाको भनाइ छ।