सरकारले जनतासंग गरेका प्रतिवद्धता पुरा हुन्छ : रक्षामन्त्री पोखरेल 

उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले सरकारले जनतासंग गरेका प्रतिवद्धता पुरा हुने बताएका छन्।

शनिबार राजधानीमा सामूदायिक भवनको शिल्यानाश गर्दै रक्षामन्त्री पोखरेलले प्रतिवद्धताहरु पुरा गरेरै छाड्ने बताएका हुन्।

सरकारले आफ्ना कामलाई प्राथमिकता दिएको बताउदैं उनले भने, 'सरकारले आफ्ना कामलाई अघि बढाएको छ।' नयाँ नीति नियम र कानुन बनाउनुपर्ने रक्षामन्त्री पोखरेलको भनाई छ।

'सरकार यस काममा पनि लागेको छ' उनले भने। रक्षामन्त्री पोखरेलले चुनदेवी क्षेत्र बिकास समाज सामूदायिक भवनको शिल्यानाश गरेका हुन्। 

 

प्रकाशित मिति: : 2020-02-02 03:38:15

प्रतिकृया दिनुहोस्