नेपालमा कोरोना भाइरसको जोखिम छैन् : पर्यटनमन्त्री भट्टराई 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपालमा कोरोना भाइरसको कुनै जोखिम नरहेको बताएका छन्।

 शनिबार सरोकारवाला निकायसँगको छलफलमा बोल्दै उनले उच्च सतर्कता अपनाउन सरकारले सबै संयन्त्रको प्रभावकारी परिचालन गरेको बताए।

उनले नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको र कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकार संवेदनशील रहेको जानकारी दिए।

'जोखिम नियन्त्रणका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल तथा चीनसँगका सीमानाकामा स्वास्थ्यकक्ष सञ्चालन गरिएको छ' उनले भने।

नेपाल अहिले कोरोना भाइरसको उच्च जोखिम क्षेत्र नभएको बताउदैं उनले भने, 'चीनसँग सम्पर्क जोडिएको हुनाले सतर्कताचाहिँ अपनाउनै पर्छ।'

समन्वयमा सबै संयन्त्रलाई प्रभावकारीरूपमा परिचालन गरिएको उनको भनाई छ। सरकारले एक सातादेखि यसले पार्न सक्ने असरका सम्बन्धमा सरोकारवालासँग छलफल गरिरहेको छ। 

प्रकाशित मिति: : 2020-02-02 03:18:08

प्रतिकृया दिनुहोस्