अन्नपूर्ण पोष्ट
मेरो घर काभ्रे हो। २०४६ सालमा काठमाडौँ छिरेको थिएँ। यहाँ आउनेबित्तिकै गतिलो काम पाइएन। होटलमा भाँडा माझ्न थालेँ। तर, त्यसले केही होलाजस्तो लागेन। लक्काजवान थिएँ, शरीरमा तागत थियो। त्यसैले भारी बोक्ने काम गर्न थालेँ। पछि त्यो काम पनि छाडेँ। रिक्सा चलाएँ। रिक्साबाट पनि खासै आम्दानी भएन। रिक्साबाट ट्याम्पूतिर सरेँ। तीनचार वर्षजति ट्याम्पू चलाएँ। त्यसपछि ट्याक्सी सिकेँ। २०५८ सालबाट ट्याक्सी चलाउन थालेको हुँ।
सुरुदेखि अहिलेसम्म साहूकै ट्याक्सी चलाउँदै छु। ट्याक्सी चलाएको २० वर्षभन्दा धेरै भए पनि आफ्नो ट्याक्सी किन्न सकिएन। अहिलेसम्म केही प्रगति गर्न सकिएको छैन। ट्याक्सीबाट हुने आम्दानीले बालबच्चा पढाउन र कोठा भाडा तिर्न ठिक्क भएको छ। यही पुर्याउन त धौधौ भइरहेको छ। बचत गर्न त परै जाओस्।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया