हामी सरकारमा जादैनाै‌ं: संयोजक यादव

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक तथा सांसद महेन्द्र राय यादवले आफ्नो पार्टी केन्द्रीय सरकारमा जानेबारे कुनै छलफल नभएको स्पष्ट पारेका छन्।

बिहीबार बोल्दै संयोजक यादवले सरकारमा सहभागी हुने कुरा आफूहरुको प्राथमिकता नभएको जिकिर गरे।

आफ्नो पार्टीले प्रतिनिधिसभाको लागि उपसभामुख नमागेको पनि उनले जानकारी दिए। ‘हामी सरकारमा जाने हल्ला मात्रै हो। हामीले कुनै सम्झैता गरेका छैनौं। हामीले उपसभामुखमा पनि दावी गरेका छौनौं।’ उनले भने।

वर्तमान सरकारले संविधान संशोधन गर्छ भन्ने कुरामा आफूहरु अझैपनि विश्वस्त रहेको संयोजक यादवको भनाई छ। ‘मधेश आन्दोलनका घाईतेहरुको अझैपनि उपचार हुन सकेको छैन।’ उनले भने ‘मुद्दा लागेका कार्यकर्ताहरु फरार रहेका छन्। यादवले राजपा नेपाल र समाजवादी पार्टीबीच एकताको प्रक्रिया अघि बढिरहेकोले एकता हुने विश्वास रहेको बताए। 

उनले प्रदेश नम्बर २ को राजपा नेपाल–समाजवादी पार्टीबीचको सरकारको वर्तमान गठबन्धन नटुट्ने पनि दाबी गरे। 
 

प्रकाशित मिति: : 2020-01-31 06:28:01

प्रतिकृया दिनुहोस्