जेसिज युवाको नेतृत्व विकास गर्ने थलो : नेता कोइराला

प्रदेश नम्बर १ का प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले जेसिज युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्ने थलो भएको बताएका छन्।

कोईरालाले सुनसरीको इनरुवा जेसिजको ३६ औं पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्वोधन गर्दै जेसिजमा सक्रिय भएर लागिपरेकाहरु देश र जनताको पक्षमा काम गर्ने गरेकाले सबै युवाहरु यसमा लाग्नुपर्ने बताए। 


कोइरालाले युवा अवस्थामा प्रवेश गरेपछि क्षमतावान व्यक्ति बन्ने र नेतृत्व विकास गर्ने राम्रो अवसर प्राप्त हुने भएकाले इनरुवा जेसिजमा लाग्न सबैलाई आग्रह गरे। 

कोइरालाले युवा देश परिवर्तनका सम्वाहक भएकोले असल ब्यक्तित्व विकास गर्न , नेतृत्व र क्षमतावान ब्यक्ति बन्न जेसिजले सिकाउने हुदाँ यसमा लाग्न आग्रह गरेका हुन्। 

इनरुवा नगरप्रमुख राजन मेहताले असल नागरिक बन्न सिकाउने हुनाले जेसिजको विकास विस्तार आवश्यक रहेको बताए। जेसिजले शासन व्यक्तिको नभई वीधिको शासनलाई विस्वास गर्ने भएकाले सबैलाई परिर्वतनको पथतर्फ लाग्न आग्रह गरे। 

प्रमुख राजन मेहताले ब्यक्तित्व विकास गर्ने ठूलो माध्यम नै जेसिज भएकोले क्षमतावान तथा असल ब्यक्ति बनाउन मदत गर्न जेसिजको भुमिका अहम रहेको बताए।

असल नेतृत्वको विकास, योग्य क्षमतवान बनाउने र सिकाईको क्रममा थप मदत पुर्याउन जेसिजले भुमिका खेलेको उनले बताए। 

आफु इनरुवाको मेयर हुनुमा जेसिजको पनि ठूलो भुमिका रहेको बताउँदै नगर प्रमुख मेहताले इनरुवा जेसिजमा लागेको युवाहरु प्रखर वक्ता, योग्य, क्षमतावान, ब्यक्तिगत विकास र असल नेताका रुपमा परिचित भई आफनो ठाउँलाई चिनाउनका लागि सक्षम हुने विशवास व्यक्त गरे। 

कार्यक्रमका इनरुवा जेसिज २०१९ का अध्यक्ष जितेन्द्र यादवले जेसिजले गर्दा आफूमा ठुलो परिर्वतन आएको र आफनो ब्यक्तित्व विकास गरेको बताउदै जेसिज २०२० का लागि चन्दन यादवलाई अध्यक्ष पद खुशीका साथ हस्तान्तरण गरेको बताए।

निर्वाचन आयुक्त धिरज भट्टराईले पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रममा २०२० का लागि इनरुवा जेसिजका नयाँ नेतृत्वका पदाधिकारीहरुलाई सपथ ग्रहण तथा प्रमाण पत्र वितरण गरे।  

इनरुवा जेसिज २०२० का अध्यक्षमा चन्दन यादव, उपाध्यक्षहरु संजय यादव, बिकेश मेहता, अमरेन्द्र मेहता, दिपाश्री निरौला, पुष्पा निरौला, कार्यकारीणी उपाध्यक्ष सतिश साहले जिम्मेवारी पाएका छन्।

कार्यक्रममा संघीय सांसद सीताराम मेहता, इनरुवा नगरपालिकाकी उपप्रमुख जमुना गौतम पोखरेल, जेसि कन्चन झा, कार्यकारीणी राष्ट्रिय उपाध्यक्ष बिजय गुरुङ्ग, उद्योग वाणिज्य संघ इनरुवका अध्यक्ष बिरेन्द्र साह लगायतका सरोकारवालाहरुको सहभागिता रहेको थियो।

प्रकाशित मिति: : 2020-01-31 05:46:22

प्रतिकृया दिनुहोस्