आजको मौसम: केही ठाउँमा वर्षा, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातकाे सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव बढेसँगै केही ठाउँमा सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहीबार कदेशको उच्च पहाडी तथा हिमाली भु-भागहरुमा हल्का हिमपात साथै पहाडी भू-भागका तथा तराई भू-भागका केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात हुन सक्ने मौसमविद्ले बताएका छन्। 

गएको मङ्गलबार रातिदेखि पश्चिमी वायुको चाप बढ्दै बदली भएको मौसम बिहीबार मध्यरातसम्म त्यसको असर देखिने मौसमविद्ले बताएका छन्। 

शुक्रबार पूर्वी पहाडमा सामान्य बादल लाग्ने र बाँकी क्षेत्रमा मौसम सफा हुने विभागले जनाएको छ। 

आगामी तीन दिनको मौसम पूर्वानुमान  

माघ १६ गते (बिहीबार)

दिउँसो : देशभर आशिंक देखि सामान्य बदलीको अवस्था रहने संभावना रहेको छ। देशको थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का हिमपातको संभावना रहेको छ।

रातीः  देशको पूर्वी भागमा आंशिक देखि सामान्य बदली  रहनेछ भने बाँकि भू-भागमा आंशिक बदली रहनेछ।

माघ १७ गते (शुक्रबार)

दिउँसोः देशको पूर्वी भागमा आंशिक देखि सामान्य बदली  रहनेछ भने बाँकि भू-भागमा आंशिक बदली रहनेछ। 

रातीः  देशभर सामान्यतया मौसम सफा रहनेछ।

माघ १८ गते (शनिबार)

दिउँसोः : देशभर आशिंक देखि सामान्य बदलीको अवस्था रहने संभावना रहेको छ। देशको थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का हिमपातको संभावना रहेको छ।

रातीः  देशभर सामान्यतया मौसम सफा रहनेछ।
 
 

प्रकाशित मिति: : 2020-01-30 21:42:36

प्रतिकृया दिनुहोस्