बाजुरामा भूकम्प

बिएल संवाददाता

काठमाडाै‌ं

बाजुरामा मंगलबार बिहान भूकम्प गएको छ। बिहान ७ बजेर ५९ मिनेटमा ४‍‍‌.२ रेक्टरको भूकम्प गएको मापक केन्द्र काठमाडौंले जनाएको छ ।

भूकम्प जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका साबिकको रुगिन गाविसको उत्तरी भाग र विच्छ्या गाविसको दक्षिणीमा रहेको दोबाटोमा केन्द्र विन्दु बनाएर उक्त रेक्टरको भूकम्प गएको हो।

एकाबिहानै भूकम्प आएपछि जिल्लाका स्थानीयवासी त्रसित बनेका थिए।

प्रकाशित मिति: : 2020-01-29 02:35:12

प्रतिकृया दिनुहोस्