चितुवाको छालासहित प्रहरीले दाङबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दंगिशरण गाउँपालिका १ का चेतबहादुर पुन र २४ वर्षीय सौगात घर्ति रहेका छन्।
चितुवाको छाला बोकेर हिँडिरहेका छन् भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पछ्याउँदै जाने क्रममा दाङ घोराही उपमहानगरपालिका १४ को नयाँ बसपार्कबाट सोमबार बेलुकी ५ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
उनीहरुले बोकेको झोला जाँच गर्दा प्लास्टिकको बोरामा लुकाइ राखेको टाउको (बङ्गरा)देखि पुच्छरसम्मको पूरै भाग भएको चितुवाको छाला भेटिएको प्रहरीले जनाएको छ।
उनीहरुलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा सूचना अधिकृत, प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए।