रसुवागढी नाकाबाट २ किलो सुनसहित ६ जना पक्राउ

बिएल संवाददाता

काठमाडाै‌ं

रसुवागढी नाकाबाट प्रहरीले २ किलो सुनसहित ६ जनालाई पक्राउ गरेको छ ।

ना १ झ ३५४२ नम्बरको टाटा सुमो गाडीमा सवार चालकसहितका ६ जनालाई सुनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) भाग्येन्द्रपुरुष ढकालले जानकारी दिए।

उनीहरु चीनबाटै नेपाली नम्बरप्लेटको गाडीमा आएको डिएसपी ढकालले बताए। यससम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: : 2020-01-28 04:47:19

प्रतिकृया दिनुहोस्