चिनियाँ सामान आयातमा प्रतिबन्ध

सांकेतिक तस्बिर

उत्तरी नाका रसुवागढीबाट बिना इजाजत झोला र पोकामा चिनियाँ सामान आयात गर्न प्रतिबन्ध गरिएको छ।

भन्सार कार्यालय टिमुरेले ६८ औँ विश्व भन्सार दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा घरेलु प्रयोजन भन्दै झोला पोकामा सामान आयात बृद्धि भएपछि प्रतिबन्ध लगाइएको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकरी दिए।

'शुल्क नतिरी ल्याइएका सबै प्रकारका झोले सामान जफत गरिने छ' उनले भने। स्थायी लेखा नम्बर र वाणिज्य दर्ता प्रमाणपत्र लिई आयातनिर्यात गर्न चाहने सबै व्यक्तिलाई सम्पर्क राख्न  कार्यालयले आग्रह समेत गरेको छ।

बिना इजाजतका झोले पोके व्यापारी नियन्त्रण गरिने सशस्त्र प्रहरी भन्सार सुरक्षा एवं  राजश्व चुहावट नियन्त्रण २१ नम्बर गुल्मका प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाको भनाई छ। यही माघ १० गतेसम्म आयातनिर्यात भएका सामग्रीबाट भन्सार शुल्क कूल रु १९ अर्ब ७२ करोड ६४ लाख ४५ हजार राजश्व आर्जन भएको  कार्यालयले जनाएको छ। 

प्रकाशित मिति: : 2020-01-28 00:45:21

प्रतिकृया दिनुहोस्