सवारी दुर्घटना हुँदा एकको मृत्यु, तिन घाइते 

सांकेतिक तस्बिर

ओखलढुङ्गामा सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा चम्पादेवी गाउँपालिका–५ सिद्धडाँडाको ५५ वर्षीय सन्तोष विश्वकर्मा रहेका छन् भने गम्भीर घाइते हुनेमा चालक जीतबहादुर बस्नेत, मृतक विश्वकर्माकी छोरी कल्पना र स्थानीय अमिता बुढाथोकी रहेकी छन्।

सोमबार गाउँबाट बिरामी लिएर ओखलढुङ्गा सदरमुकामस्थित मिसन अस्पताल आउँदै गरेको बा २१ च ७३६१ नम्बरको बोलेरो साँघुरो सडकका कारण अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय ओखलढुङ्गाका प्रहरी निरीक्षक श्रीप्रसाद राईले जानकारी दिए।

सिद्धडाँडाबाट करिब ५०० मिटर तल खसेर बिरामी सन्तोषको मृत्यु भएको हो। गम्भीर घाइते भएकाहरुलाई अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।

प्रकाशित मिति: : 2020-01-28 00:26:52

प्रतिकृया दिनुहोस्