२१ ताेला सुनसहित युवक पक्राउ

मटिहानी नगरपालिका ८ मा सशस्त्र प्रहरीले आइतबार राति २१ तोला सुनसहित एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ४ का २३ वर्षीय दीपक महतो रहेको सशस्त्र प्रहरी बीओपी मटिहानीका प्रहरी निरीक्षक हिमाल थापाले बताए।

१६ लाख २४ हजार ६ सय ६ रुपैयाँ बराबरकाे स्रोत नखुलेको परिमाणको सुन बा १२ प ५०७६ नम्बरको कारमा राखि नेपालबाट भारत तस्करी गर्न लागिएको अवस्थामा युवक महतो पक्राउ परेका हुन्। 

सशस्त्र प्रहरी बीओपी मटिहानीबाट प्रहरी निरीक्षक हिमाल थापाको नेतृत्वमा खटिएको सशस्त्र प्रहरी टोलीले मटिहानी नगरपालिका ८ काे सडकबाट आइतबार राति जाँच गर्दा युवक महतो सुनसहित पक्राउ परेका हुन्। 

कारमा सुनसहित पक्राउ परेका युवक महतोलाई आवश्यक कारबाहीका लागि सुन र कारसहित सशस्त्र प्रहरीले जिल्लाको मुल भन्सार कार्यालय जलेश्वरमा बुझाएको जनाइएको छ।

प्रकाशित मिति: : 2020-01-27 20:26:15

प्रतिकृया दिनुहोस्