दैलेखको मन्घरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

दैलेखको भगवतीमाई गाउँपालिका–४ को मन्घरमा शुक्रवार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भगवतीमाई गाउँपालिका–५ का २० वर्षीय भीमबहादुर विक रहेको छन्। 

भे १ त ९७७० नम्बरको ट्याक्टर दुर्घटना हुँदा बिकको मृत्यु भएको र २ जना घाइते भएको ईलाका प्रहरी कार्यालय बेस्तडाका प्रहरी सहायक निरीक्षक मनोज कँडेलले बताए।

‘भगवतीमाई गाउँपालिका–५ कट्टीका १९ वर्षीय सहचालक ललित विक र सोही ठाउँ निवासी २८ वर्षीय चालक दिपक बिक घाइते भएका छन्।’ उनले भने।

प्रकाशित मिति: : 2020-01-25 06:01:42

प्रतिकृया दिनुहोस्